होमपेज > के तपाईं पठाओ प्रयोग गर्नुहुन्छ? थाहा पाउनुहोस्! यसरी पाइन्छ पोइन्ट्सबाट राइडमा छुट

के तपाईं पठाओ प्रयोग गर्नुहुन्छ? थाहा पाउनुहोस्! यसरी पाइन्छ पोइन्ट्सबाट राइडमा छुट

बिज्ञापन
बिज्ञापन

राइड शेयरिङ एप पठाओमा आफैंले छुट कमाउने सुविधा छ। पठाओमा भएको यो फिचरको नाम हो, पठाओ पोइन्ट्स्। छुट सहित राइड शेयरिङ एप चढ्न मन पराउनेका लागि यो फिचर उत्तम हुन्छ भन्दा फरक पर्दैन। यसले तपाईंको प्रत्येक खर्चलाई लोयल्टी पोइन्ट्समा परिणत गर्छ।

बिज्ञापन

के हो पठाओ पोइन्ट्स् ?

बिज्ञापन

कम्पनीका अनुसार पठाओ पोइन्ट्स् लोयल्टी प्रोग्राम हो। यसअन्तर्गत प्रयोगकर्ताले जति धेरै यात्रा (बाइक/कार), खाना, पार्सल अथवा अन्य सेवाहरूमा खर्च गर्छन्, त्यति नै धेरै पोइन्ट्स पाउँछन्। अहिलेका लागि पठाओले खर्चको १० प्रतिशत अंक दिने गरेको छ। उदाहरणका लागि, यदि तपाईंले १० रुपैयाँ एपमार्फत खर्च गर्नु भयो भने पठाओ पोइन्ट १ पाउनुहुन्छ।

छुट कसरी पाउने ?

बिज्ञापन

तपाईंले थाहा पाइहाल्नु भयो- खर्च गरे अनुसार पठाओमा पोइन्ट्स् पाइन्छ। कुनै सेवा प्रयोग गरेबापत कति पोइन्ट्स् आयो भन्ने कुरा भुक्तानी गर्दा तपाईंले तत्कालै नोटिफिकेसनमार्फत हेर्न सक्नुहुन्छ। यसरी जम्मा भएको पोइन्ट्स पठाओ एपमा प्रोफाइल छेवैमा देखिन्छ। ‍‍

अब छुटमा पाउन त्यसमा ट्याप गर्नुहोस्। अब नयाँ पेजमा तपाईंले आफ्नो पोइन्ट्स अनुसारको छुट देख्न सक्नुहुन्छ। यसमा ७५ पोइन्ट्स हुँदा बाइक राइडमा १५ रुपैयाँ छुट, १२५ पोइन्ट्स हुँदा २५ रुपैयाँ छुट पाइन्छ। २०० पोइन्ट्स हुँदा कार लाइटमा ५० रुपैयाँ छुट, २५० पोइन्ट्स हुँदा ५० रुपैयाँ छुट पाइन्छ। यसैगरी १५०० पोइन्ट्स हुँदा ३०० रुपैयाँसम्म छुट पाउन सकिन्छ।

यदि छुटका लागि तपाईंको पोइन्ट्स पुगेको छ भने पोइन्ट्स रातो पृष्ठभूमिमा देखिन्छ। अब त्यसमा क्लिक गर्नुहोस्। अब नयाँ पेजमा तपाईंले सबैभन्दा तल दायाँ भागमा ‘रिडिम’ देख्नुहुन्छ। त्यसमा ट्याप गर्नुहोस्।

यति गरेपछि तपाईंले अर्को राइड लिँदा उक्त प्रोमो कोड प्रयोग गर्न सक्नुहुन्छ। सम्झनुपर्ने कुरा के छ भने उक्त छुट निश्चित समयपछि स्वतः निष्क्रिय हुन्छ।

त्यस्तै जति पोइन्ट्स् सङ्कलन गर्दै जानुहुन्छ त्यति नै तपाईंको लेभल समेत बढ्दै जान्छ। पठाओमा प्रयोगकर्ताको लेभल ब्रोन्जबाट सुरु भएर प्लाटिनमसम्म पुग्छ। त्यसमा पुग्न निम्न पोइन्ट्स् चाहिन्छस:

ब्रोन्ज: ०+पोइन्ट्स्

सिल्भर: २,५००+पोइन्ट्स्

गोल्ड: १०,०००+पोइन्ट्स्

प्लाटिनम: २०,०००+ पोइन्ट्स्

धेरै पोइन्ट्स भएका प्रयोगकर्तालाई पठाओले छुट बाहेक अन्य विशेष अफर पनि दिने बताएको छ। यसकारण विशेष परिस्थितिमा मात्र तपाईंले यो विकल्प प्रयोग गर्न सक्नुहुन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते