होमपेज > रामजानकी विवाह महोत्सवको तयारी तीव्रगतिमा सुरु

रामजानकी विवाह महोत्सवको तयारी तीव्रगतिमा सुरु

बिज्ञापन
बिज्ञापन

मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्रगतिमा सुरु भएको छ।

बिज्ञापन

विवाहपञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्ययोजनाबद्ध रुपमा सुरु भइरहेको छ। विवाहपञ्चमी महोत्सव वैवाहिक कार्यक्रमका लागि उपयोग हुने जानकी मन्दिर परिसर, बाह्रबिघा र मणिमण्डप क्षेत्र तथा त्यहाँसम्मका बाटोमा भीड व्यवस्थापन, पसल सञ्चालन र सरसफाइलगायत कार्यमा बढी जोड दिइने बताइएको छ।

बिज्ञापन

गत बिहीबारको बैठकमा महोत्सवको व्यवस्थापकीय सहकार्य गर्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्यालले बताए। उनले सो बैठकका आधारमा महोत्सवको तयारी भइरहेको बताए।

नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनलाई कुनै प्रकारको असुविधा नहुन दिन जानकी मन्दिर व्यवस्थापनले जोड दिएको छ। सो मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए।

बिज्ञापन

मङ्सिर शुक्लपक्ष्मीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मध्य विवाहको विधि भने यसपाली मङ्सिर २१ गते शुक्रबार परेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते