सुर्खेतमा स्कुल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ।
बिज्ञापन
शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका-१ मा रहेको सनसाइन एकेडेमीको बसले ठक्कर दिँदा तीन वर्षीय बालिकाको मृत्यु भएको हो। बसको ठक्करबाट सोही वडाकी अन्दाजी ३ वर्षीया समीक्षा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक रुपेश खड्काले जानकारी दिए।
बिज्ञापन
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








