कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। मंगलबार बेलुका भजनी नगरपालिका–७ चर्रास्थित हुलाकी सडक–खण्डमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २२ वर्षीय आशिष कुमार चौधरीको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते उनलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
बिज्ञापन
मोटरसाइकलको पछाडी सवार सोही ठाउँका २२ वर्षीय डेबिट चौधरी घाइते छन्। उनकोे नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ। ट्याकटर चालक भजनी नगरपालिका–७ का ५२ वर्षीय शिवकुमार अहीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








