होमपेज > लागू औषधसहित ३ जना पक्राउ

लागू औषधसहित ३ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

प्रहरीले दार्चुला र दाङबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

दार्चुलाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फूड होटलबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करीब ५३ ग्राम ४० मिलिग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थानसहित होटल सञ्चालक दुहुँ गाउँपालिका–२ हिकिला बस्ने ४४ वर्षीय कलम सिंह डडाललाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन

होटलमा चरेशको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले होटल तलासी गर्दा लागूपदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१४ तिनकुने चोक बस्ने २० वर्षीय सरोज सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करीब २८० मिलिग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थ सहित पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा लागूपदार्थ घोराही उपमहानगरपालिका–१४ पुष्पाञ्जली टोल बस्ने ३० वर्षीया मनकुमारी सुनारसँग खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात उनको घर तलासी गर्दा नगद १ लाख १३ हजार १६० रूपैयाँ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते