दोलखाको गोपीखोलामा दुई बस ठोक्किँदा चार जना घाइते भएका छन्।
बिज्ञापन
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा५ख ५६३१ नम्बरको बस र काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३.०१०५ ख ३९५६ नम्बरको यात्रुबाहक बस आइतबार दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा ठोक्किएको प्रहरीले जानकारी दिएको छ।
बिज्ञापन
घाइतेहरूलाई उपचारका लागि चरिकोट ल्याइएको प्रहरीले जानकारी दिएको छ।








