होमपेज > एसियन भलिबल खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश

एसियन भलिबल खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश

बिज्ञापन
बिज्ञापन

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिज्ञापन

श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो। जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ। यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार ब्यहोरेको थियो।

बिज्ञापन

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ। उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो। शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते