होमपेज > काठमाडौंमा चार वटा गाडी आपसमा दुर्घटना भएपछि…

काठमाडौंमा चार वटा गाडी आपसमा दुर्घटना भएपछि…

बिज्ञापन
बिज्ञापन

काठमाडौंको सीतापाइलामा चार वटा गाडी आपसमा ठोक्किएका छन्।

बिज्ञापन

मंगलबार साढे ११ बजे तिर सीतापाइला चोक नजिकै चार वटा सवारीसाधन ठोक्किएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डिआइ गाडी दुर्घटनामा परेका हुन्। बा १६ च ६३३७ नम्बरको कार र बा.प्र ०२ ०३४ प ४३०२ नं. मोटरसाइकलसँगसँगै गुडिरहेको थियो।

बिज्ञापन

मोटरसाइकलले कारलाई ओभरटेक गर्न खोज्दा कारले ब्रेक लगाएको थियो। त्यही बेला पछाडि गुडिरहेको बा ४ ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको हो। कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि परेको छ भने पछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा १० च ८७७५ डिआई गाडीमा पुन ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्। ताप्लेजुङ सिजङगा गाउपालिका-४ घर भई हाल जिल्ला काठमाडौं कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते छन्।उनलाई मनमोहन अस्पतालमा लगिएको छ। अन्य यात्रुहरू सबै सुरक्षित रहेको र सवारीसाधनमा भने क्षति पुगेको छ। क्षति भएका सबै गाडी प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते