होमपेज > करेला खानुहुन्छ ? यस्ता छन् ५ फाईदा

करेला खानुहुन्छ ? यस्ता छन् ५ फाईदा

बिज्ञापन
बिज्ञापन

हाम्रै करेसाबारी तथा तरकारी बजारमा सजिलै पाइने  तितेकरेला औषधीय गुणले भरिपूर्ण हुन्छ । करेला पेटको लागि मात्र नभई छाला र चिनी रोगका लागि पनि फाइदाजनक मानिन्छ ।

बिज्ञापन

करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ । जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।

बिज्ञापन

करेलाबाट प्रचुर मात्रामा भिटामिन ए, बी र सी प्राप्त गर्न सकिन्छ। यसका साथै क्याराटिन, बिटाक्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम र म्यागनिज जस्ता फ्लावोन्वाइड पनि पाइन्छ।

जुन स्वस्थ्य शरीरका लागि निकै आवश्यक छ । करेलाले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । करेलाको सेवन मधुमेहका बिरामीका लागि फाइदाजनक मानिन्छ।

बिज्ञापन

-करेला खानुका फाईदाहरु:

१-पत्थरीको समस्या:

करेलाको रसले पत्थरीको समस्या हटाउँछ। करेलाको रस सेवनले पत्थरीको समस्याबाट छुट्कारा पाउन मद्दत मिल्छ। ताजा करेलाको रस सेवन गर्नाले पत्थरी बाहिर निस्कने गर्छ।

२-ग्याँसको उपचार:

करेलाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। पाचन प्रणालीलाई सही राख्न मात्र नभई करेलाको सेवन ग्याँस, अपच जस्ता समस्याको समाधान पनि हो।

३-कलेजो बलियो बनाउँछ:

करेलाको जुसले कलेजोलाई बलियो बनाउँछ। यति मात्र नभई कलेजोको सबै किसिमको समस्याबाट छुटकारा दिन पनि करेलाको भूमिका महत्वपूर्ण मानिन्छ।

४-रोग प्रतिरोधात्मक क्षमता बढाउँछ :

करेलामा पाइने खनिज र भिटामिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । रोगसँग लड्ने क्षमता बलियो हुँदा शरीरमा विभिन्न रोग लाग्ने जोखिम कम भएर जान्छ।

५-मधुमेह:

रगतलाई सफा गर्नका लागि करेला अमृत समान मानिन्छ। मधुमेहका बिरामीका लागि करेलाले फाइदा दिन्छ। एक चौथाई कप करेलाको रस, यही मात्रामा गाजरको रस मिसाएर पिउँदा स्वास्थ्यका लागि फाइदाजक हुन्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते