काठमाडौँका छुट्टा छुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला पररेका छन्।
बिज्ञापन
गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित तारेभिर घलानटोल बस्ने ६८ वर्षीय सूर्य तामाङ मृत फेला परेका हुन्। उनी सोही ठाउँस्थित खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका काठमाडौँ प्रहरीले जानकारी दिएको छ। यस्तै दक्षिणकाली नगरपालिका–८ मखुबेशीमा पनि एक जना मृत फेला परेका छन्।
बिज्ञापन
बागमती खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।








