होमपेज > सबैभन्दा पहिले गणेश भगवानको पुजा किन गरिन्छ ? यस्तो छ रोचक कथा

सबैभन्दा पहिले गणेश भगवानको पुजा किन गरिन्छ ? यस्तो छ रोचक कथा

बिज्ञापन
बिज्ञापन

गणेश शब्दको उत्पत्ति गणंईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन् । नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्। गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश ।

बिज्ञापन

हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको हुन् भगवान गणेश । ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि,बिधानमा एकरुपता छ ।

बिज्ञापन

नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ। भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ । काममा कुनै बिध्न बाधा उत्पन्न नहोस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्।

के तपाईलाई थाहा छ कुनै पनि शुभ कार्य गर्नु अघि भगवान गणेशको पूजा किन गरिन्छ? आज यसबारे जानकारी लिनुहोस् ।

बिज्ञापन

-पौराणिक कथा अनुसार:

दैवी कालमा देवताहरूको श्रेष्ठतालाई लिएर मतभिन्नता थियो । सबै देवताहरूले आफूलाई श्रेष्ठ भन्न थाले र पहिले पूजा गर्ने कुरा गर्न थाल्नुभयो । यस धार्मिक युद्धमा उपस्थित नारद जीले भन्नु भएको थियो कि यसको उत्तर देवताका देवता महादेवले दिनेछन् । नारद जीको वचन सुनेर सबै देवताहरू महादेवकहाँ पुग्नुभयो ।

देवताहरूको कुरा सुनेपछि, भगवान शिवले भन्नुभयो कि तपाईं सबैले आ-आफ्नो सवारीमा चढेर ब्रह्माण्डको परिक्रमा गर्नु पर्छ र तपाईंहरूमध्ये जो ब्रह्माण्डको परिक्रमा गरेर पहिले फर्कन्छ, उसले मात्र विजयश्री प्राप्त गर्नेछ। यति मात्र होइन, पहिले उनको पूजा गरिनेछ । महादेवको कुरा सुनेर सबै देवताहरू आ–आफ्नो सवारीमा चढेर परिक्रमाको लागि निस्किए । देवताहरूको यो प्रतिस्पर्धामा भगवान गणेश पनि सहभागी थिए । तर तिनीहरू ब्रह्माण्डको परिक्रमा गर्न गएनन्।

वरु, उनले माता पार्वती र भगवान शिवको परिक्रमा गरे र हात जोडेर आदिशक्ति र भगवान महादेवलाई प्रणाम गरे । केही समयपछि सबै देवताहरू ब्रह्माण्डको परिक्रमा गरेर फर्किए । महादेवले पनि भगवान गणेशलाई विजयी घोषणा गरे ।

महादेवको कुरा सुनेर सबै छक्क परे । त्यसपछि महादेवले भगवान गणेशलाई विजयी घोषणा गर्नुको कारण बताउदै आमाबाबुभन्दा ठूलो कोही नहुने बताए । मातापिताको परिक्रमा गरेपछि अरू कसैको प्रदक्षिणा गर्नु पर्दैन। त्यसैले आजबाट सर्वप्रथम भगवान गणेशको पूजा गरिँदैछ । त्यसबेलादेखि हरेक शुभ कार्यमा भगवान गणेशको पूजा गरिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते