होमपेज > यस्ता छन् राति ढिला सुत्नुका बेफाइदाहरु

यस्ता छन् राति ढिला सुत्नुका बेफाइदाहरु

बिज्ञापन
बिज्ञापन

आजको संस्कृति र जीवनशैली यस्तो बनेको छ कि शरीरमा कुनै न कुनै समस्या रहिरहन्छ । यस्तो अवस्थामा ढिलो निन्द्रा लाग्नु पनि रोगको मुख्य लक्षण हो । समयमै सुत्नु भएन भने शरीरमा धेरै प्रकारका समस्या आउन सक्छ ।

बिज्ञापन

अहिलेको युगमा हरेक मानिस आफ्नो काममा यति व्यस्त छन् कि कसैसँग पनि निन्द्रा पूरा हुने गरी सुत्ने समय छैन । अफिसको काम सकेर घर पुग्दै ढिला भइसकेको हुन्छ । अनि बिहान सबेरै उठेर व्यक्तिगत वा घरायशी काम गर्नुपर्‍यो । यस्तोमा समय अभावका कारण हामीले आफ्नो निद्रासँग सम्झौता गरिरहेका हुन्छौं । यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा पर्छ ।

बिज्ञापन

राति ढिलो सुत्नु तपाईको दिनचर्याको हिस्सा बनिसकेको छ भने तपाईं कयौं गम्भीर रोगको सिकार बन्न सक्नुहुन्छ । यस्तोमा धेरैको मनमा यसबाट कसरी बच्ने भन्ने प्रश्न उठ्छ ।  जानाै ढिला सुत्दा वा कम निदाउँदाका हानीहरू र यसबाट कसरी बच्न सकिन्छ ?

-ढिलो सुत्दाका हानिहरू:

बिज्ञापन

ढिलो सुत्दा मानिसको मानसिक स्वास्थ्यमा असर पर्छ । मानसिक तनावले कुनै पनि विषयमा निर्णय लिने क्षमतामा असर पर्न सक्छ । पर्याप्त निद्रा नपुग्दा हृदयाघात, मधुमेह र मोटोपना हुने एक अनुसन्धानले दाबी गरेको थियो । यी रोग स्वास्थ्यका लागि निकै हानिकारक छन् । पर्याप्त निद्रा नपाउँदा दिन पूरै खराब हुन्छ । मान्छे जतिबेला पनि चिडचिडा रहने र थकित महसुस गर्न थाल्छन् ।

-राम्रो निद्राको लागि अपनाउनुस् यस्ता उपाय:

राम्रो निद्राको लागि राति सधैं सुत्ने समय निश्चित गर्नुस् । उदाहरणका लागिः तपाईं राति १० बजे सुत्दै हुनुहुन्छ भने भोलिपल्ट ६ बजे मात्रै ओछ्यानबाट उठ्नुस । हरेक दिन ८ घन्टा सुत्नुहोस् । हरेक दिन एउटै समयमा ओछ्यानमा जानुहोस् । राति सुत्नु अघि कम्तिमा एक घण्टा अगाडि मोबाइल फोन र अन्य इलेक्ट्रोनिक वस्तुहरू प्रयोग गर्न बन्द गर्नुस् । यसले निद्रामा बाधा पुर्‍याउन सक्छ । राति सुत्ने ओछ्यान सफा सुग्घर राख्नुहोस् । चारैतिर वातावरण स्वच्छ राख्नुस् ।

यसबाहेक पनि राम्रो निद्राका लागि ध्यान र योग गर्न सकिन्छ । राति हल्का खाना खानुहोस् । खाना खाएपछि केही बेर टहलिनुस् ।

 

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते