होमपेज > स्याउ खानुका फाईदाहरु

स्याउ खानुका फाईदाहरु

बिज्ञापन
बिज्ञापन

स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो ।

बिज्ञापन

सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वह रहेका हुन्छन्।

बिज्ञापन

स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

यी हुन् स्याउ खाँदा हुने फाइदाः

बिज्ञापन

१- हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई उही मात्रामा रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

२- दिनहुँ स्याउ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ भने सुगर नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत राख्न पनि सघाउ पुयाउँछ ।

३- ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । स्याउको सेवनले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत गर्छ  ।

४- पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या विस्तारै कम हुँदै जान्छ । स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ  र पायल्स हुनबाट बचाउँछ ।

५-मिर्गौलामा हुने पत्थरीबाट बच्न दिनहुँ स्याउको सेवन उपयोगी हुन्छ । पत्थरीका बिरामीले खाएमा दुखाइबाट आराम मिल्छ ।

६- स्याउको नियमित सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्नुका साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

७-स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

८- स्याउको सेवनले अनुहारमा रहेका काला र सेता धब्बालाई कम गर्छ जसले तपाईको अनुहारमा चमक ल्याईदिन्छ ।

९- स्याउले शरीरमा रहेको नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ  । स्याउको सेवनले मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना कम हुन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते