होमपेज > दसैँका लागि असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुला

दसैँका लागि असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुला

बिज्ञापन
बिज्ञापन

दसैँका लागि असोज १२ गते शनिबारदेखि टिकट बुकिङ खुला हुने भएको छ। मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा सरोकारवालाबीच भएको बैठकले मध्यम र लामो दूरीका सर्वाजनिक यातायातमा टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बैठकले यातायात व्यवसायीहरूले यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, यात्रुले अनिवार्य रुपमा टिकट लिएर मात्र यात्रा गर्ने, अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिहरूबाट टिकट बिक्री गर्ने कार्यलाई पुर्णतया निर्णय गर्नेलगायतका निर्णय गरेको छ। साथै यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधनहरू असोज १७ (घटस्थापना) देखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँ सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ।

बिज्ञापन

यद्यपि आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालवाहक सवारीको हकमा नियमानुसार राजश्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात र निर्यातजन्य ढुवानीका साधनहरु भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणघाटदेखि काठमाडौँसम्मको सडकखण्डमा आवतजावतमा रोक नलगाउने निर्णय गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते