नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
बिज्ञापन
नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।
बिज्ञापन
झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको नाम र ठेगाना अझै आउन बाँकी रहेको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए ।








