डोटीमा जिप दुर्घटना भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-६ उडितोलामा दिपायल आउँदै गरेको जिप दुर्घटना भएको हो ।
बिज्ञापन
उक्त जिपमा चालकसहित ११ जना सवार रहेकोमा चार जना घाइते भएका छन् । पुर्विचौकी गाउँपालिका-४ सानागाउकाँ अनिल खड्काले चलाएको से १ ज २७१ नम्बरको जिप पैयुभञ्याङ नजिकै नालीमा खसेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
घाइते हुनेमा पुर्विचौकी-४ की १५ वर्षीया सितल खड्का, १६ वर्षीया सिर्जना खड्का, १७ वर्षीया पार्वती खड्का र १८ वर्षीय खेम चयडा रहेका छन् । घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।








