होमपेज > गोठमा आगलागी हुँदा ४ लाख रूपैयाँ जल्यो

गोठमा आगलागी हुँदा ४ लाख रूपैयाँ जल्यो

बिज्ञापन
बिज्ञापन

रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ। थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो। नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।

बिज्ञापन

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताए। आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए। घटना बुधबारको भए पनि घटनास्थल पुगेर फर्किन ६ घन्टा लागेको हुँदा बिहीबार मात्रै प्रहरीले घटना सार्वजनिक गरेको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते