मौरीले फूलको रस चुसेर बन्ने प्राकृतिक गुलियो पदार्थ मह हो । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु महलाई परापूर्व कालदेखिनै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । मह कहिल्यै बिग्रिँदैन ।
बिज्ञापन
मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हो । महको सेवनले हाम्रो शरिरलाई फाइदा हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवानको आहारा समेत मानिएको छ ।
बिज्ञापन
आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रूपमा लिएको छ । महमा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छन् । महलाई औषधीय गुणको भण्डार मानिन्छ । यसमा ब्याक्टेरियल गुण हुन्छ । महमा भिटामिन बी ६, भिटामिन सी, एमिनो एसिड, काब्र्स, रिबोफ्लेभिन र नियासिन प्रशस्त मात्रामा पाइन्छ ।
मह खानुका फाईदाहरु:
बिज्ञापन
१-मोटोपना नियन्त्रण गर्न
महका बहुगुणमध्ये तौल नियन्त्रण पनि एक हो। तौल नियन्त्रण गर्न बिहान तातोपानीमा कागती र मह मिलाएर खानुपर्छ। त्यस्तै, बेलुका सुत्नुभन्दा १ घण्टा अघि दूधमा मह मिसाएर खाँदा थकान कम हुने, तनाव नियन्त्रण हुने र मिठो निन्द्रा लाग्ने हुन्छ।
२-यौन क्षमता बढाउन
यौन क्षमता बढाउने मह अचनुक उपायनै हो । महिलाले मह सेवन गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ । यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ ।
३-स्मरण शक्ति बढाउन
मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्यवस्तु हो । महले व्यक्तिको स्मरणशक्ति बढाउँछ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ । दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ । महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छ ।
४-आँखाको स्वास्थ्यको लागी लाभदायक
आँखा कमजोर हुनबाट जोगाउन मह खानुहोस् । बिहान एक गिलास पानीमा १ चम्चा मह र त्रिफला धुलो मिसाएर पिउदा आँखाको कमजोरीबाट बच्न सकिन्छ । महको प्रयोगले आँखा मुनिको चाउरी र कालो घेरा ठिक हुन्छ । कपासको मद्दतले आँखा मुनि मह लगाउनुहोस् । १५ मिनेटपछि सफा पानीले आँखा धुनुहोस् । आँखा वरपरको भागमा चिलाउने समस्या भएमा पनि महको प्रयोग लाभदायी हुन्छ ।
५-हाडजोर्नीको दुखाइ कम गर्न
हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।








