भारतीय सीमावर्ती बजार हुँदै गुलरियातर्फ आउँदै गरेका दुई जनालाई लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
बिज्ञापन
गुलरिया–नेपालगन्ज हुलाकी सडक खण्डको भादा पुल नजिकै जाँच गर्दा उनीहरुबाट ३० मिलीग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बुधबार राति भे ११ प १७२३ नम्बरको मोटरसाइकल चढेर आएका गुलरिया–१२ का ३६ वर्षीय अब्दुल सलाम र २१ वर्षीय रेवतीप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवं डीएसपी तुल्सीराम अर्यालले पक्राउ गरिएका सलाम र कुर्मीका साथबाट उक्त पदार्थसहित नगद ८२ हजार ७९ रुपैयाँ बरामद गरिएको बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।








