मधेस प्रदेशको धनुषामा बुधबार साँझ तीनजना बालकको मृत्यु भएको छ ।
बिज्ञापन
पोखरीमा डुबेर लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा डुब्दा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । आफन्तको घरमा गएका बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा मृत्यु भएको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।








