होमपेज > दुई छोरीको हत्या आरोपमा आमा पक्राउ

दुई छोरीको हत्या आरोपमा आमा पक्राउ

बिज्ञापन
बिज्ञापन

दुई छोरीको हत्या आरोपमा अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाकी आमालाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको हो।

बिज्ञापन

अस्वस्थ अवस्थामा भेटिएकी आमालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनले दुई छोरीलाई विष खुवाएर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छिन्। पहिला आफूले विष खाएको र त्यसपछि छोरीहरूलाई खुवाएको बयान उनले दिएकी छन्।

बिज्ञापन

अस्मिताले घरबाट सँगै लिएर गएको भनिएका दुई नाबालिका छोरी गत शनिबार दिउँसो मृत फेला परेका थिए। श्रीमान् अर्जुन र अस्मिता सुन्दरहरैँचा–७ मा भाडाको घरमा बस्दै आएका थिए। श्रीमान् अर्जुनसँग विवाद भएपछि अस्मिताले नाबालिका छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणालाई लिएर हिँडेकी थिइन्। निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको प्रहरीले जनाएको छ। अस्मिताले श्रीमानलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको प्रहरीले जनाएको छ। उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शव नजिकै फेला परेको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते