होमपेज > खोलाले आमा बगाएपछि विदेश जान हिँडेका छोरा फर्किए

खोलाले आमा बगाएपछि विदेश जान हिँडेका छोरा फर्किए

बिज्ञापन
बिज्ञापन

मकवानपुरको बकैया खोलाले बगाउँदा महिला बेपत्ता भएकी छन् । बकैया गाउँपालिका–६ की ३६ वर्षीया नानुमाया तितुङलाई आइतबार बकैया खोलाले बगाएको थियो ।

बिज्ञापन

बारा निजगढबाट घर फर्कने क्रममा बकैया खोलाले बगाएर नानुमाया बेपत्ता भएकी बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए। भोम्जनका अनुसार खोला तर्ने क्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका थिए। तर अहिलेसम्म उनलाई फेला पार्न सकेको छैन । आइतबारदेखिनै आफन्त, स्थानीयवासी र प्रहरीले खोजतलास गरिरहेका छन् । नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। शनिबार श्रीमान् र छोरासँगै उनी निजगढ गएकी थिइन्।

बिज्ञापन

श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तका बास बसेकी नानुमायाले आइतबार बिहानै छोरालाई बिदाइ गरिन्। राजकुमार भने जहाज चढाउन छोरोसँगै काठमाडौं जाने तयारीमा जुटे। नानुमाया हिँडेरै घर फर्किइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो। ‘बिहानैदेखि परेको अविरल वर्षाका कारण बकैया खोलाको बेग निकै ठूलो थियो,’ वडाध्यक्ष भोम्जनले भने, ‘खोला तर्ने क्रममा बगाएछ। फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका रहेछन्। बचाउन खोजेछन् तर सफल भएनन्।’

उता राजकुमार पनि छोरो लिएर काठमाडौं जान नभ्याउदै कुकुरको टोकाईबाट घाइते भएका छन्। बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर सुने । सोमबार राति साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्के । अहिले बाब छोरा नै बकैया खोलामा आमा खोजिरहेका छन् । घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ। खोलाको बहावका कारण खोजी कार्यमा सकस भइरहेको प्रहरीले बताएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते