होमपेज > आमाले गरिन आफ्नै तीन वर्षीय छोरीको हत्या

आमाले गरिन आफ्नै तीन वर्षीय छोरीको हत्या

बिज्ञापन
बिज्ञापन

विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ ।

बिज्ञापन

भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्याको आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ । बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र फेला परेको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्दा उनले काजलमाथि आफूलाई शंका लागेको बयान प्रहरी समक्ष दिएका थिए ।

बिज्ञापन

घटनापछि फरार रहेकी काजललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काजल विगत एक वर्षदेखि रामपुरहारी थाना क्षेत्रका एक युवकसँग प्रेम सम्बन्धमा रहँदै आएको खुलासा भयो । काजल ती युवकसँग विवाह गर्न चाहन्थिन् । तर ती युवकले काजलकी छोरीलाई साथमा राख्न नचाहेका कारण छोरीको हत्या गरेर सुटकेशमा शव हालेर फालिदिएको खुलासा भएको हो ।

छोरीको हत्यापछि काजल आफ्नै प्रेमीको घर पुगेकी थिइन् । प्रहरीले उनलाई प्रेमीकै घरबाट नियन्त्रणमा लिएको हो । उनले हत्या आफैँले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते