होमपेज > किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी? यस्तो छ धार्मिक विश्वास

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी? यस्तो छ धार्मिक विश्वास

बिज्ञापन
बिज्ञापन

आज श्रीकृष्ण जन्माष्टमी हिन्दूहरूको ठुलो पर्व हो । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व सोमबार देशभर भगवान श्रीकृष्णको पूजा-आराधना गरि श्रद्धा-भक्तिपूर्वक मनाउँदै छन् ।

बिज्ञापन

आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरूमा श्रृंगार, भक्तिभाव पुरुष र महिलाहरूले गरेको भगवत् कथाको प्रवचन, विशाल जुलुसहरू र कृष्ण भगवानको जन्मसम्बन्धी नाटकहरूले यो पर्वलाई धार्मिक क्षेत्रमा मात्र सीमित नगरी साधारण जनतामा पनि प्रचलित बनाएको छ ।

बिज्ञापन

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्गअनुसार भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

श्रीकृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाहीं साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । प्राचीन इतिहासअनुसार अवतार धारण गरेर करुणा–वरुणालय भगवान् कृष्णले भारतको जमिनलाई कृतार्थ बनाउनुभएको थियो । असुरहरूको उत्पीडनले भयभीत भएका जनताको रक्षाका लागि, दानवहरूको पन्जामा फसेर वीभत्स भएको मानवताको उद्धारका लागि भगवान् कृष्णले वैकुण्ठको मोह त्यागेर कंसको कारागारमा बन्दी भएर अवतार धारण गर्नुभएको थियो । श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।

बिज्ञापन

श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मानिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथिका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए ।

युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत् गीताका रूपमा प्रचलित भएको छ । विशेष गरी महिलाहरू व्रत अर्थात् उपवास बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्छन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकाले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न यस पर्वले मद्दत पुर्‍याउनेछ ।

कृष्णजन्म अष्टमीको दिनमा कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए र मानवलाई सकारात्मक सोचका लागि थप ऊर्जा प्रदान गरेका थिए भन्ने शास्त्रमा उल्लेख गरिएको छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका वाणीबाट निस्केको पवित्र ग्रन्थलाई श्रीमद्भागवत् गीता भनिन्छ । यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा भगवान् श्रीकृष्णको धर्तीमा आउने र धर्मको उत्थान गर्ने भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

यसलाई मनन गरी कृष्णाष्टमी पर्व मनाउँदै आइएको छ । साथै भगवान् श्रीकृष्णको बाल्यकालको बालसुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै पूजा–आराधना गर्ने प्रचलन रहेको पाइन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते