होमपेज > त्रिविमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न माग: ६ विद्यार्थी संगठन

त्रिविमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न माग: ६ विद्यार्थी संगठन

बिज्ञापन
बिज्ञापन

६ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न माग गरेका छन् । बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (समाजवादी), नेपाल समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

बिज्ञापन

विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा भैरहेको सरकार संरक्षित आतंक बन्द गर्न, देशका सबै विश्वविद्यालयमा भैरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न र प्रध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गरेका छन् । ती संगठनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागमा आफ्नो अनुकुलको विभागीय प्रमुख नतोकिए जे पनि हुनसक्छ भन्ने सत्तारुढ पार्टी निकट विद्यार्थी संगठनका एक नेताले धम्की दिएको र सो धम्कीपछि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय जान नसकिएको आरोप लगाएका छन् ।

बिज्ञापन

साथै अर्का एक सत्तारुढ दल निकट विद्यार्थी नेताले विश्वविद्यालयमा लिने परीक्षामा चिट चोराउन नदिएको भन्दै सरस्वती क्याम्पसमा खटिएका परीक्षा निरीक्षकलाई छातीमा समातेर पछारेको भन्दै विद्यार्थी संगठनले सो कार्यको निन्दा गरेका छन् । यी दुवै घटनाको भर्त्सना गर्दै ती संगठनले दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै विश्वविद्यालयमा भैरहेको गुन्डागर्दी र राज्य संरक्षित आतंकको विरुद्धमा भदौ ७ गते शुक्रबार बिहन ११ बजे त्रिवि किर्तिपुरमा संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा समेत विद्यार्थी संगठनले गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते