होमपेज > श्रीमतिको शरीर ११ टुक्रा पारेर गाड्ने श्रीमान पक्राउ

श्रीमतिको शरीर ११ टुक्रा पारेर गाड्ने श्रीमान पक्राउ

बिज्ञापन
बिज्ञापन

करिब २० वर्षकी पत्नी लक्ष्मी पाख्रिनलाई हत्या शरीर ११ टुक्रा पारेर बनमा गाडेको अभियोगमा पति पक्राउ परेका छन् ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय पालुङमा घटनास्थलतर्फ गएको प्रहरीले मंगलबार विहान करिब ४ बजे घटनाको प्रकृतिलाई सूक्ष्म तरिकाले अध्ययन गरी मकवानपुरको कैलाश गाउँपालिका वडा–५, कालीखोलास्थित काफलडाँडा बस्ने वर्ष २६ का पति मंगलबहादुर पाख्रिनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा स्थानीय तथा मृतकका पतिलाई सोधपुछ गर्दा पतिले २७ गते दिउँसो करिब २ः३० बजे पत्नी लक्ष्मीलाई घरभित्र धारिलो हतियार बञ्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारेर २ वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको खुलेको थियो ।

बिज्ञापन

मृतकका कपडाहरु शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्डो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बञ्चरोको बिंड फुकाली घरभन्दा पूर्व खाल्डोमा गाडेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ । मृतकको गाडिएको शव, घटनामा प्रयोग भएको हतियार बञ्चरो र कपडासमेत खाल्डोबाट बरामद गरी मंगलबहादुरलाई तत्काल पक्राउ गरेर बुधबार मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिन म्याद अनुमतिलिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत कारण खुल्न नआए पनि पतिले लामो समयदेखि डिप्रेसनको औषधिसेवन गरिरहेको थाहा भएको छ । उनीहरुका १३ महिनाकी छोरी छन् ।

 

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते