होमपेज > टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा

टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा

बिज्ञापन
बिज्ञापन

क्यानडाका २४ वर्षीय युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् । सीटीभी टेलिभिजन नेटवर्कका अनुसार सामाजिक सञ्जालका यी माध्यम अत्यधिक लत लगाउने किसिमको भएको आरोप लगाउँदै त्यहाँको स्थानीय अदालतमा मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

ती व्यक्तिका अनुसार यी सामाजिक सञ्जालका माध्यम अत्यधिक लत लगाउने किसिमको भएकाले रचनात्मक क्षमतामा ह्रास आएको छ । सन् २०१५ देखि निरन्तर सामाजिक सञ्जाल प्रयोग गर्दा शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ । यो मुद्दा अहिले मोन्टरियल सहरमा रहेको एक ‘ल फर्म’ ल्यामबर्ट एभोक्याट्सले व्यवस्थापन गरिरहेको छ । सो मुद्दामा सामाजिक सञ्जालका माध्यम प्रयोगकर्ताको मष्तिष्कलाई डोपामिन उत्पादन गर्न प्रेरित गर्ने गरेको आरोप लगाइएको छ । डोपामिन यस्तो रसायन हो, जसले हामीलाई आनन्द र खुसीको अनुभूति गराउँछ । जे कुराले डोपामिन उत्पादन गर्न प्रेरित गर्छ, हामीलाई त्यसैको लत लाग्छ ।

बिज्ञापन

सामाजिक सञ्जाल प्लेटफर्मले दैनिक कति प्रयोग गर्ने भन्ने सीमितता कायम गरिदिएको भए पनि त्यसको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारेको उनको आरोप छ । खासगरी सामाजिक सञ्जालको अत्यधिक प्रयोगले निन्द्रा बिग्रिएको र व्यक्तिलाई रचनात्मक क्षमतामा ह्रास ल्याएको मुद्दामा उल्लेख छ । उक्त मुद्दामा सामाजिक सञ्जालका प्लेटफर्मसँग क्षतिपूर्ति माग गर्नुका साथै कारबाही गर्न समेत अनुरोध गरिएको छ । प्लेटफर्मलाई प्रयोगकर्ता बढीभन्दा बढी समय त्यहाँ बिताउन् भन्ने किसिमले डिजाइन गरिएकाले उनीहरू त्यसैमा निर्भर हुँदै गएको मुद्दामा उल्लेख छ । यद्यपि यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने निश्चित छैन । किनभने यसका लागि न्यायाधीशले प्रमाणीकरण गर्नुपर्छ । न्यायाधीशले यसलाई कसरी विश्लेषण गर्छन् भन्ने विषयले नै यो मुद्दालाई पार लगाउने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय क्यानडामा सामाजिक सञ्जाल विरुद्ध मुद्दा हाल्ने प्रवृत्ति बढ्दो छ । विशेषगरी शिक्षा प्रणालीलाई नै सामाजिक सञ्जाल टिकटक, मेटा र स्न्यापच्याटले ध्वस्त बनाउँदै लगेको आरोप विद्यालयहरूबाट आउने गरेको छ । ती विद्यालयले सामाजिक सञ्जालबाट चार अर्ब ५० करोड डलर क्षतिपूर्ति माग गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते