होमपेज > खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता दुई जनामध्ये एकको शव फेला

खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता दुई जनामध्ये एकको शव फेला

बिज्ञापन
बिज्ञापन

दाङको तुलसीपुरमा खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको हो ।

बिज्ञापन

तुलसीपुर बजारबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको थियो । सोही अटोमा रहेका ५ जना मध्ये अन्य ३ जना खोलाबाट बाहिर निस्कन सफल भए पनि सीतासहित दुई जनालाई खोलाले बगाएको थियो । उनको शव आज बिहान ७ बजेको समयमा फेला परेको र मृतकका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

घटनामा बेपत्ता रहेकी सुर्खेत घर भई अहिले खाद्रे बस्दे आएकी १६ वर्षीया मन्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते