होमपेज > श्रीलंकाले प्रवेश गर्‍यो सेमिफाइनलमा, मलेसिया १४४ रनले पराजित

श्रीलंकाले प्रवेश गर्‍यो सेमिफाइनलमा, मलेसिया १४४ रनले पराजित

बिज्ञापन
बिज्ञापन

श्रीलंका एसीसी महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिज्ञापन

लगातार दुई खेलमा जित हासिल गर्दै श्रीलंका एसीसी टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। श्रीलंकाले सोमबार डाम्बुलाको घरेलु मैदानमा मलेसियालाई १४४ रनले पराजित गर्‍यो। १८६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा सबै विकेट गुमाएर ४० रनमात्र जोड्नसक्यो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। हन्टरबाहेक मलेसियाका अन्य कुनै ब्याटर दोहरो अङ्कमा रन जोड्न सकिनन्।

बिज्ञापन

श्रीलंकाका लागि शशिनी गिमहानीले ३, काव्या काविन्दी र कविसा दिलहारीले २–२ तथा इनोसी प्रियादर्शनी, सचिनी निसानशाला र अमा कन्चनाले १–१ विकेट लिइन्।यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रनको विशाल योगफल खडा गरेको थियो। श्रीलंकाका लागि शानदार ब्याटिङ गर्दै कप्तान चामरी अट्टापट्टुले शतकीय इनिङ खेलेकी थिइन्। ६९ बलको सामना गरेकी उनले १४ चौका र ७ छक्का प्रहार गर्दै अविजित ११९ रन बनाइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते