होमपेज > नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

बिज्ञापन
बिज्ञापन

श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

बिज्ञापन

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११।५ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि गुल फिरोजाले अर्धशतक प्रहार गरिन् । ३५ बलको सामना गरेकी उनले १० चौकासहित ५७ रन बनाईन् । त्यस्तै मुनिबा अलीले ३४ बलमा ८ चौकासहित नटआउट ४६ रन बनाईन । नेपालका लागि कविता जोशीले एक विकेट लिइन् । त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन् । २३ बलको सामना गरेकी जोशीले चार चौका र एक छक्का प्रहार गरिन् ।

बिज्ञापन

सिता राना मगरले २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो । ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् । कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।पाकिस्तानका लागि सादिया इकबालले दुई तथा फातिमा सानाले एक विकेट लिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते