रुकुम पश्चिमको आठबिसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका –१२ निवासी ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो ।
बिज्ञापन
आठबिसकोट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय काफलचौर खोला तर्ने क्रममा पुनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर मृत्यु भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ ।
बिज्ञापन
सोही वडाको झिन्चौरमा गत मङ्गलबार बिहान आएको बाढीले तीन जना बालिकाको मृत्यु भएको थियो भने एक जना बेपत्ता हुनुभएको छ । उक्त घटनामा परेर नौ जना घाइते हुनुभएको थियो ।








