होमपेज > आतंकवादी आक्रमणमा सेनाका क्याप्टेनसहित ४ जनाको मृत्यु

आतंकवादी आक्रमणमा सेनाका क्याप्टेनसहित ४ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

भारतको जम्मुकश्मीरमा एक महिनामा ५ वटा आतंकवादी आक्रमण भएका छन्।

बिज्ञापन

पछिल्लोपटक गएराति भएको आक्रमणमा सेनाका एक क्याप्टेनसहित ४ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। राष्ट्रिय राइफल्स र जम्मू–कश्मीरले जारी राखेको सर्च अपरेशनका क्रममा आतंकवादी आक्रमण भएको भारतीय समाचार एजन्सी पीटीआईले जनाएको छ।

बिज्ञापन

गएराति ९ बजे भएको घटनामा ५ सुरक्षाकर्मी गम्भीर घाइते भएको र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो। अधिकारीहरुका अनुसार ३४ दिनको बीचमा भएको यो पाँचौ आक्रमण हो। गत ११ जुनमा डोडा भद्रवाह पठानकोट मार्गमा एक चेकपोष्टमा आक्रमण भएको थियो। जसको जिम्मेवारी कश्मीर टाइगर्स समूहले लिएको थियो।

त्यसपछि १२ जुनमा डोडाकै गन्डोह क्षेत्रमा आक्रमण भएको थियो। त्यसैगरी २६ जुनमा पनि डोडाको गन्डोह क्षेत्रमा आक्रमण भएको थियो भने ९ जुलाईमा डोडाकै गढी भगवा क्षेत्रमा आक्रमण भएको थियो। समाचारहरुका अनुसार पछिल्लो पटक ८ जुलाईमा जम्मु कश्मीरको कठुवा जिल्लामा आतंकवादी आक्रमण भएको थियो जसमा ५ सैनिक मारिएका थिए। लगातार आतंकवादी आक्रमण भएपछि सुरक्षा गस्तीसमेत वृद्धि गरिएको भारतीय अधिकारीहरुको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते