भक्तपुर र धनकुटामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडे डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ३९ वर्षीय राजन श्रेष्ठको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब ६ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
बिज्ञापन
उता धनकुटाको धनकुटा नगरपलिका-७ डेरा गरी बस्ने ४० वर्षीय सन्दिप साहको श्री जिमी ज्वेर्लसबाट सुन आधा तोला र चाँदी अन्दाजी ४ केजी गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
बिज्ञापन
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








