प्रहरीले नागढुङ्गाबाट दुई किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिज्ञापन
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो । उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको स्रोतले जानकारी दिएको छ ।
बिज्ञापन
पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।








