होमपेज > ५ महिनाअघि ब्रेकअप, दीपाशाले यी व्यक्तिसँग भिडियो कलमा कुराकानी गर्दागर्दै विष पिएकी थिइन

५ महिनाअघि ब्रेकअप, दीपाशाले यी व्यक्तिसँग भिडियो कलमा कुराकानी गर्दागर्दै विष पिएकी थिइन

बिज्ञापन
बिज्ञापन

संघर्षशील पृष्ठभूमिकी कलाकार दीपाशा बीसीले अन्ततः जिन्दगीसँग हार खाइन् । ऋणको दलदलमा फसेकी उनले यसबाट उम्किने बाटो नदेखेपछि कठोर निर्णय लिएको आशंका निकटस्थहरुले गरेका छन् । यद्यपि, योमात्रै कारण नहुन सक्छ ।

बिज्ञापन

दीपाशा अघिल्लो दिनसम्म म्युजिक भिडिओको सुटिङमा थिइन् । विष सेवन गरेकै दिन पनि उनले फेसबुकमा सुटिङका तस्वीरहरु शेयर गरेकी छन् । तर, उनको मनमस्तिष्क भने धेरै दिनदेखि स्थिर र शान्त थिएन । फेसबुकमा लेखेका केही स्टाटसहरुले नै उनी निराशा र हताशाबाट गुज्रिरहेकी थिइन् भन्ने बुझिन्छ ।

बिज्ञापन

४-५ महिनाअघि मात्रै टुटेको प्रेम सम्बन्धले दिएको घाउ विसेक भइसकेको थिएन । तर, त्योभन्दा बढी उनलाई पिरोलिरहेको थियो आर्थिक समस्याले । उनले यसबाट निस्किने उपाय पहिल्याउन सकिरहेकी थिइनन् । धेरै जनासँग हारगुहार गरे पनि सोचे जस्तो सहयोग पनि पाउन सकिनन् । उनी दिनदिनै विक्षिप्त बनिरहेकी थिइन् ।

काठमाडौंमा भाडाको फ्ल्याटमा आफ्नो भाइ र बहिनीसँग बस्दै आएकी थिइन् दीपाशा । त्यस रात उनी आफ्नो कोठामा भिडिओ कल गरिरहेकी थिइन् । भाइ र बहिनी अर्को कोठामा थिए । दिदीले विष पिएको उनीहरुले थाहै पाएनन् ।

बिज्ञापन

बुझिएअनुसार दीपाशा उमेश लम्सालसँग भिडिओ कलमा कुराकानी गरिरहेकी थिइन् । दीपाशाले काठमाडौं मलमा सञ्चालन गरिरहेको ग्लोरी ब्यूटी पार्लरका म्यानेजर हुन् उमेश । भिडिओ कलमा आर्थिक विषयमा नै कुराकानी भइरहेको थियो । दीपाशाले आफूले हार खाएको भन्दै कुराकानीकै दौरान विष पिएको पारिवारिक स्रोतले बताएको छ । पार्लर बेचेर ऋण तिर्न उनले उमेशलाई भनेको दाबी गरिएको छ । यदि घटनामा प्रहरी अनुसन्धान भए यो भिडिओ कलमाथि पहिलो छानबिन हुनसक्छ ।

विषको असरले छट्पटाउन थालेपछि भाइ र बहिनीले थाहा पाएर तुरुन्तै अस्पताल पुर्‍याएका थिए । सुरुमा विनायक अस्पताल लगिएको थियो । त्यहाँबाट डाक्टरहरुको सल्लाहअनुसार बिहान ५ बजेतिर मात्रै नर्भिक पुर्‍याइएको हो । नर्भिक लैजाँदासम्म दीपाशा बोल्न सक्ने अवस्थामै थिइन् । भेट्न आएका केही साथीले उनलाई के गरेको भनेर सोधेका थिए । उनले आफूलाई लागेको ऋणप्रति नै संकेत गरेकी थिइन् ।

दीपाशाले के प्रयोजनका लागि कति ऋण लिएकी थिइन् भन्ने स्पष्ट भएको छैन । तर, उनले चर्को ब्याजदरमा सो ऋण लिएको र तिर्न नसकेपछि ऋणदाताले फेसबुकमा लेखिदिने धम्की दिएको खुल्न आएको छ ।

काठमाडौंमा तीन वर्ष अगाडि दीपाशाले ब्युटीपार्लर खोलेकी थिइन् । सम्भवतः ऋणको केही हिस्सा यसकै लागि थियो । उक्त पार्लर पछिल्लो समय राम्ररी चलिरहेको थिएन । दोस्रो लकडाउनअघि सुरु गरेको पार्लरले सुरुमै धेरै घाटा व्यहोर्नुपरेको थियो । चर्को भाडा र अन्य खर्च धेरै भएकाले पार्लरलाई नाफामा लैजान सजिलो थिएन । बुझिएअनुसार भाडा नै मासिक एक लाख २० हजार रुपैयाँ बुझाउनुपर्थ्यो । प्रतिस्पर्धा पनि चर्को थियो ।

त्यसो त म्युजिक भिडिओमा पनि व्यस्त नै थिइन् दीपाशा । एउटा भिडिओबाट २५(३० हजार लिने गर्थिन् । अहिलेसम्म दुई सयभन्दा बढी भिडिओ खेलिसकेकी छन् । तर, म्युजिक भिडिओमा गरेको आम्दानी पनि पार्लरमै खर्च गर्नुपर्‍यो । यसका अतिरिक्त उनी केही महत्वाकांक्षी पनि थिइन् । अवार्ड कार्यक्रमका लागि आफैंले खर्च हालेर विदेश जाने गर्थिन् । हालैमात्र उनी क्यानाडा गएर आएकी हुन् । उनीसँग क्यानाडाको पाँच वर्षको भिसा थियो । यद्यपि, उनको सोच चाहिँ अमेरिकामा सेटल हुने थियो ।

दीपाशाकी आमा र एक बहिनी वैदेशिक रोजगारीका लागि विदेशमा छन् । दुबईमा रहेकी आमा दीपाशाको निधनपछि नेपाल फर्केकी छन् । दीपाशा सानै हुँदा आमाले अर्को बिहे गरेकी थिइन् । बुवाले पनि पछि अर्को विवाह गरे । बुवा अहिले भारतमा छन् । छोरीको निधनपछि आए–नआएको थाहा भएको छैन ।

निकटस्थका अनुसार दीपाशाको पनि सानैमा विवाह गरिदिएकी थिइन् आमाले । तर, उनको वैवाहिक सम्बन्ध अगाडि बढ्न सकेन । विवाहको केही समयमै उनले श्रीमानसँग डिभोर्स गरिन् । त्यसपछि कलाकारितामा संघर्ष गर्ने मनसायसहित काठमाडौं आइन् । उनले सुर्खेतबाटै गोपीकृष्ण टीभी फिल्मीको ‘को बन्छ कलाकार’ नामक रियालिटी शोमा अडिसन दिएकी थिइन् । अडिसनबाट छानिएर काठमाडौं आएकी उनी टप २० बाट बाहिरिइन् । तर, कलाकारिताको चस्का पसिसकेको थियो ।

उनलाई ‘दुलही रानी’ नामक फिल्ममा ब्रेक मिल्यो । त्यसपछि थप एक-दुई फिल्म खेलिन् । फिल्ममा आशातित सफलता प्राप्त गर्न सकिनन् । तर, म्युजिक भिडिओहरुबाट अफर आउन थाले । म्युजिक भिडिओमा भने उनलाई फलिफाप नै भइरहेको थियो । कलाकारितामा व्यस्त हुन थालेपछि उनले पार्लरको जिम्मेवारी कर्मचारीहरुलाई छोडेकी थिइन् ।

दीपाशा आर्थिक संकटबाट गुज्रिरहे पनि यसकै कारणले आत्महत्या गरेकी हुन् भनेर निष्कर्षमा पुग्न सकिने अवस्था छैन । किनकि उनले चाहँदा विभिन्न बाटोहरु खुल्न सक्थे । पार्लर बेचेर ऋण तिर्न सक्थिन् र कलाकारितामै फोकस्ड हुन सक्थिन् । अरु कुनै उपाय थिएन भने उनीसँग क्यानाडाको भिसा थियो । उतै सेटल हुन सक्थिन् । क्यानाडा जाँदा उनलाई निकटका केही साथीले उतै बस्न सुझाव पनि दिएका थिए । तर, उनी फर्किनुले आर्थिक संकटबाट निस्कन सक्ने आत्मविश्वास थियो भन्ने अनुमान गर्न सकिन्छ ।

दीपाशाको अन्त्येष्टि पशुपति आर्यघाटमा भएको छ । अहिलेसम्म उनको मृत्युलाई लिएर प्रहरीमा कुनै उजुरी परेको छैन भने पोस्टमार्टमबाहेक प्रहरीले कुनै अनुसन्धान पनि गरेको छैन । पारिवारिक स्रोतका अनुसार १३ दिनको अन्तिम संस्कार सकेपश्चात उनलाई टर्चर दिने व्यक्तिको खोजी गरेर आत्महत्या दुरुत्साहनमा जाहेरी दिने मनसायमा आमा छिन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते