होमपेज > बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाक बनाएपछि सन्दीपको आलोचना, टेलिभिजनले ‘आवश्यक कारबाही’ गर्ने

बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाक बनाएपछि सन्दीपको आलोचना, टेलिभिजनले ‘आवश्यक कारबाही’ गर्ने

बिज्ञापन
बिज्ञापन

नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई कार्यक्रममा निम्ता गरेपछि हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्रीको व्यापक आलोचना भइरहेको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘ह्वाट द फ्लप’ शोमा क्षेत्रीले शाहलाई अतिथिको रूपमा निम्ता गरेका थिए ।

बिज्ञापन

शाहले कार्यक्रममा जेल पर्दाको अनुभव सुनाएका थिए । उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै यतिबेला उनको आलोचना भइरहेको हो । ‘पल शाह र सन्दीपको घिनलाग्दो दृश्य नाबालिग बलात्कार घटनामा मजाक,’ अमृता लम्सालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन् । त्यस्तै, दिनेश काजीले लेख्छन्, ‘एउटा छोरीको बाउ सन्दीप क्षेत्री कसरी यस्तो निर्लज्ज, पतित हुन सक्छ रु को पीडामा उसको छोरीको अनुहार याद आएन छ रु अझ अट्टहास पो गर्दैछ ।

बिज्ञापन

त्यस्तै, हिम विष्ट लेख्छिन्, ‘सन्दीप क्षेत्री न हिजो सुध्रियो न आज । भोलि पनि यसरी नै गम्भीर विषयलाई उनले हँसिमजाकमा उडानेछन् । सुध्रिन पर्ने त उनी जस्ता असंवेदनशील पात्रहरूलाई ‘लाइमलाइट’ दिने संस्थाहरू हो । आलोचना बढेपछि कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘यो घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक कारबाही गरिने बताएका छन् । स्मरण रहोस्, केही दिनअघि यही प्रकरणमा पीडित रहेकी गायिकाले एक कार्यक्रममा आफूलाई समाजले अझै प्रताडित गरिरहेको बताउँदै अर्को जन्ममा ‘छोरी भएर जन्मन नपरोस्’ भन्दै भक्कानिएकी थिइन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते