होमपेज > भिडियोमा हेर्नुहोस् ‘भाविको लेखान्त’को प्रोमो

भिडियोमा हेर्नुहोस् ‘भाविको लेखान्त’को प्रोमो

बिज्ञापन
बिज्ञापन

टेलिसिरियल ‘मेरी बास्सै’मा घिरौंले र बैकुण्ठ नामले चिनिएका लेखान्त भुषाल र रमेश बुढामगरले नयाँ सिरियल ल्याउने भएका छन् । मेरी बास्सैबाट छुट्टिएपछि उनीहरुले नयाँ टिम बनाएर सामाजिक कथामा आधारित भाविको लेखान्त नामक सिरिज निर्माण गरेका हुन् ।

बिज्ञापन

बिहिबार काठमाडौंमा आयोजित प्रोमो सार्वजनिक कार्यक्रममा आगामी जेठ १४ गते आइतवार बेलुका ५ः४५ बाट लेखान्त अफिसियल युट्युबमार्फत प्रशारण हुने जानकारी गराइयो । यस सिरिजको निर्देशन सुरेन्द्र थापा र रमेश बुढा मगरले गरेका छन् । धादिङमा खिचिएको यस सिरिजको ८ भाग तयार गरिएको छ भने बाँकी भागको छायांकन बिस्तारै हुने जानकारी गराइयो ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भाविको लेखान्तलाई शुभकामना दिए । उनले पछिल्लो समय सिरिजबाट पनि दर्शकले निकै मनोरन्जन लिन थालेको र चलचित्रमा अभिनय गर्ने कलाकारहरु पनि सिरिजमा व्यस्त भएको देख्दा खुसी लागेको बताए ।

सिरिज निर्माणमा मुख्य सहयोगीको भुमिकामा रहेको हाउजर पेनका बागमती अञ्चल वितरक भुवन के पोखरेलले लोकप्रिय कलाकारहरु रहेको र सामाजिक कथामा निर्माण भएको भाविको लेखान्त सिरिजमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

बिज्ञापन

कार्यक्रममा कलाकार तथा निर्देशक दमन रुपाखेती, बेगम नेपाली, इन्द्रदोङ लामा, सुनिता गौतम, सुमन न्यौपाने, दिपक आचार्य, गोविन्द्र कोइराला, पत्रकार डब्बु क्षेत्री लगायतले सिरिजको सफलताका लागि शुभकामना व्यक्त गरे । चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँले शहजिकरण गरेको कार्यक्रममा रेडियो नेपालको नाटक शाखाका पुर्व निर्देशक आर जे सिंह, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, पत्रकार तुल्सि गिरीको पनि उपस्थित रहेको थियो ।

सिरिजका निर्देशक सुरेन्द्र थापाले पछिल्लो समय भइरहेको सिरिजहरुको भिडमा आफुहरु पृथक भएर अघि बढ्ने र दर्शकको माया पाउने विश्वास राखे । त्यस्तै, निर्माता लेखान्त भुषालले आफुलाई मेरी बास्सै सिरियलमा जस्तै दर्शकले माया दिनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि दमन रुपाखेतीले मिडिया हवबाट सन्चालित मेरिबास्सैका धेरै कार्यक्रमा बाहिरिएर आआफ्नो तरिकाले सिरिज निर्माण गरिरहेको र सफल भइरहेको बताए । उनले मिडिया हवले कलाकारहरुसँग सम्बन्ध राख्न नजानेको आरोप लगाए । उनले आफू पनि पछिल्लो समय दुईपटक पुनः जोडिएको तर निरन्तर काम गर्ने अवस्था नबनेको बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते