होमपेज > धनगढीकी सिर्जना खड्काले पाइन् आकर्षक पारिश्रमिकसहित अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

धनगढीकी सिर्जना खड्काले पाइन् आकर्षक पारिश्रमिकसहित अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर

बिज्ञापन
बिज्ञापन

धनगढी। अमेरिकाको विस्कन्सिनस्थित पाँचतारे होटल हयात रेजेन्सीमा एसपीए कलेजकी विद्यार्थी सिर्जना खड्काले पेड इन्टर्नसिपको अवसर पाएकी छिन् ।

बिज्ञापन

कलेजकी बीएचएम दोस्रो ब्याचकी विद्यार्थी सिर्जनाले हयात रेजेन्सी, ग्रीन वेमा एकवर्षका लागि पेड इन्टर्नसिपको अवसर पाएकी हुन् । पेड इन्टरसिपवापत उनले महिनाको दुई लाख बढी पारिश्रमिक पाउँनेछिन् । उनले भिसा समेत प्राप्त गरिसकेकी छिन् । सपनाको देशका रुपमा चित्रित अमेरिकामा पाएको अवसरले आफू एकदमै हर्षित रहेको सिर्जनाले बताईन ।

बिज्ञापन

‘अमेरिकामा इन्टनर्सिपका लागि मैले निकै लामो संघर्ष गरेकी थिएँ । आफ्नो सपना पूरा भईरहेको महसुस भएको छ,’ सिर्जनाले भनिन्, ‘मलाई कलेजले हरेक स्टेपमा साथ दिएर यो सम्भव भएको हो । बीएचएम तथा कलेज परिवारप्रति आभारी छु । त्यहाँ गएर नेपाल र एसपीएको नाम उच्च राख्न हरसम्भव प्रयास गर्नेछु ।’

यसअघि एसपीएका विद्यार्थीहरुले दुबई, बहिराईन, मलेसिया, माल्दिभ्स, भारत र नेपालकै विभिन्न फाइभस्टार होटेलहरुमा इन्टनसिपको अवसर पाएपनि अमेरिकामा इन्टनसिपको अवसर पाएको भने यो पहिलोपल्ट हो ।

बिज्ञापन

आफ्नो विद्यार्थीको सपना साकार भएको देख्दा कलेज परिवार र व्यक्तिगत रुपमा आफूलाई अपार खुशी महसुस भईरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘अमेरिका हरकोहीको सपनाको देश हो । कतिजना थुप्रै प्रयासमा पनि सफलता पाउँन सक्दैनन,’ उपाध्यायले भने, ‘हामीले विधार्थीलाई संस्कार र अनुशासनयुक्त सँगसँगै पसिना र कर्ममा विश्वास गर्ने बनाउँछौं । सोहीकारण पहिलो प्रयासमै अमेरिकाको प्रशिद्ध होटलमा हाम्रा विद्यार्थी एसेप्ट हुनु हाम्रा लागि गौरवको कुरा हो । उहाँको आगामी भविष्यको उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।’

क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध र पहिचानका कारणले पनि यहाँ अध्ययनरत् विद्यार्थीहरुले राम्रो अवसरहरु पाइरहेको क्याम्पसप्रमुख उपाध्यायले बताए । एसपीएले तीन महिनाअघिमात्रै अमेरिकाको न्यूयोर्क शहरमा आयोजित ग्रीन कलेज अवार्ड समेत पाएको थियो । त्यसबाहेक कलेजको विभिन्न देशका प्रशिद्ध विश्वविद्यालयहरुसँग भगिनी सम्बन्ध पनि स्थापना गरेको छ ।

एसपीएका बीएचएम कार्यक्रम निर्देशक डिल्लीराज भण्डारीले सिर्जनालाई बधाई दिँदै अमेरिका जस्तो देशको पाँचतारे होटलमा काम गर्ने अवसर पाउनु निकै ठूलो उपलब्धिका साथसाथै भविष्य सुनिश्चित भएको आधार भएको बताए ।

‘सबैको ड्रिमल्याण्डकै रुपमा रहेको अमेरिका र त्यहाँको फाइभस्टार होटेलमा पेड इन्टनसिपको अवसर पाउँनु भनेको विधार्थीहरुको भविष्य सुनिश्चित भएको ग्रिन सिंग्लन पनि हो,’ उनले भने, ‘पढे अनुसारको अभ्यास तथा सीप हासिल गर्नका लागि यी होटल विश्वकै उत्कृष्ट गन्तव्य हुन् । यहाँ पढेअनुसारको संस्थागत संरचना र व्यवसायिक संस्कार प्रत्यक्ष अनुभव गर्न पाइन्छ । जहाँ उनीहरुले विश्वको तौरतरिका अनुसार काम गर्ने, सिक्ने एक्सोजर पाउँछन् । विधार्थीहरुको सिक्ने चाहनालाई कलेजले भरपुर मिहिनेत गरेर यथार्थमा बदलिदिएको छ । यसबाट हामी अन्ततै खुशी छौं ।’

सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधानयुक्त ल्याब, किचेन, बेकरी, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एकमात्रै शैक्षिक संस्था एसपीए हो । कलेजको आफ्नो छिट्टै क्याफे सञ्चालनमा छ । जहाँ विद्यार्थीहरु सिकेका कुराहरु ब्यवहारमा उतार्नुका साथै रोजगारी गर्ने गर्छन ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते