मेष
बिज्ञापन
प्रियजनहरूको सानिध्यले दिन रमाइलो रहनेछ। प्रशासनिक सहयोगले कुनै विशिष्ट कार्य सम्पादन गर्नमा सफल भइनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। एकाग्रताको साथमा मेहनत गर्यो भने सफलता अवश्य मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
बिज्ञापन
मिथुन
रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
बिज्ञापन
सिंह
मनोबल उच्च रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ विचारहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
तुला
कार्यक्षेत्रमा आत्मबल र धैर्य बढ्नेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउन सक्ला। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
धनु
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईँको कार्यको चर्चा हुनेछ। आय आर्जन राम्रो रहनेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहनेछन् साथै नयाँ कार्यहात लाग्ला। व्यापार व्यवसायमा भावनामा आएर कुनै निर्णय नलिनुहोला। धैर्य र साहसले नयाँ कार्य सम्पादन गर्नमा सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
बृष
आफ्नो स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। मन अशान्त तथा कार्यक्षेत्रमा कार्य सम्पादनमा अनुमानित भन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगरौँ। आकस्मिक धनहानि हुनसक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन् त्यसर्थ सावधान रहनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या
नोकरी वा पेशामा निडर वा आत्मविश्वासको साथमा आफूलाई प्रस्तुत गर्ने प्रयास गर्नुहोस। इष्टमित्रहरूको सहायोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर वेबास्था नगर्नुहोस्। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।
मकर
उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुराना कुरा लिएर मनमुटाव रहन सक्छ। श्रमको उचित मूल्यांकन मिल्नेछ। नयाँ कार्य थालनी गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
मीन
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। छरछिमेकीहरुको सहयोग मिल्नेछ। पेट सम्बन्धी समस्याले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।








