निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको शनिबार निधन भएको छ।
बिज्ञापन
शर्माकी साथीसमेत रहेकी पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नर्भिक अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। उनी दिउँसो छाती दुख्यो भनेर उपचार गराउन गएकी थिइन्। साँझ उनलाई मृत घोषणा गरिएको थियो। लम्सालका अनुसार ‘कार्डियाक अरेस्ट’ का कारण उनको निधन भएको हो।
बिज्ञापन
पूर्वपत्रकार समेत रहेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्। ६२ वर्षीया शर्माका दुई छोरी छन्। पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।
उनको आइतबार अन्त्येष्टि गरिने पत्रकार लम्सालले जानकारी दिएकी छन्।
बिज्ञापन








