होमपेज > विन नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक

विन नेपाल लघुवित्तको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म साढे २५ लाख रूपैयाँ खुद नाफा गरेको छ।

बिज्ञापन

गत आवको यसै अवधिसम्म कम्पनीको खुद नाफा ४७ करोड ९७ लाख रूपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा कम्पनी नाफामा गएको हो। यससँगै गत वर्ष ८ रूपैयाँ ०८ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ४ रूपैयाँ २९ पैसा धनात्मक भएको छ।कम्पनीको खुद ब्याज आम्दानी १३ करोड २७ लाख रूपैयाँ रहेकोमा चालू आवमा बढेर ३२ करोड ४० लाख रूपैयाँ नाघेको छ।

बिज्ञापन

गत वर्ष कम्पनी ४८ लाख १० हजार रूपैयाँ सञ्चालन घाटामा रहेकोमा यस वर्ष १० करोड ४१ लाख रूपैयाँ सञ्चालन नाफा कमाएको छ। कम्पनीको कुल सञ्चालन आम्दानी भने २ करोड ३ लाख रूपैयाँबाट बढेर ३ करोड ७१ लाख रूपैयाँ नाघेको छ। चुक्ता पूँजी ७ करोड ९२ लाख रूपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड ५८ लाख रूपैयाँ सञ्चिति रहेको छ भने जगेडा कोष २ करोड १४ लाख रूपैयाँ ऋणात्मक छ।

खराब कर्जा ४.९६ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रूपैयाँ ९० पैसा र वितरणयोग्य नाफा २ करोड १४ लाख रूपैयाँले ऋणात्मक छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते