होमपेज > सशस्त्रमा एआइजी बढुवामा प्रतिष्पर्धा

सशस्त्रमा एआइजी बढुवामा प्रतिष्पर्धा

बिज्ञापन
बिज्ञापन

सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि आठ जना नायव महानिरीक्षक (डिआइजी)ले आवेदन दिएपछि डिआइजी कमल गिरी र गणेश ठाडामगरबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

बिज्ञापन

बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । आवेदन भर्ने मिति अघिल्लो साता नै सकिएपछि यी दुई जनाबीच चर्को प्रतिस्पर्धा देखिएको हो । प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमतको आधारमा बढुवा गर्ने सहमति भएपछि दोस्रो वरियतामा रहेका तर सशस्त्रभित्र निकै विवादित पात्रको रुपमा परिचित डिआइजी ठाडामगरको अस्वाभिवक चलखेलले एआइजी बढुवालाई अस्वस्थ प्रतिस्प्र्धामा परिणत भएको छ ।

बिज्ञापन

ठाडा मगरले अहिलेसम्म प्रधानमन्त्रीका स्वकीय रहेका र नेपाल र सशस्त्र प्रहरी हेर्ने दीपेन्द्र दाहाललाई भेटेर कुरा मिलाई सकेको बताउन भ्याएका छन् । यसैगरी अर्को स्वकीय राजेश बज्रचार्यको पनि नाम जोडिएको छ । यसैगरी अर्को विचौलिया रामचन्द्र भट्टमार्फत परराष्ट्रमन्त्री आरजु राणाको भाइ भूषण राणालाई भेटेर आश्वासन पाइसकेको भन्दै आफू ढुक्क रहेको बताउन थालेको स्रोतले जनाएको छ । डिआइजी ठाडामगरले सशस्त्र मुख्यालयमा हल्ला गरिरहेको एक सशस्त्र प्रहरी अधिकृतले बताए ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएकाहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन् । यसैगरी नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक ९सई० मा भर्ना भएर सशस्त्रको डिआइजी जस्तो उच्च पदमा पुग्न सफल लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् । यस्तै सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआइजीको लागि आवेदन दिएका छन् ।

बिज्ञापन

३० वर्षे सेवा अवधिका कारण एआइजी चन्द्रप्रकाश गौतम २ वैशाखको रातिदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त एक पदमा बढुवा हुने भएको हो । बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए विभिन्न मितिमै डिआइजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा विशेष बन्न पुगेको छ । ‘जसरी पनि बढुवा हुने हो मेरो यो मिसन हो’, उनले सशस्त्र प्रहरी कार्यालयमा भन्ने गरेको स्रोतको दावी छ ।

अहिले रिक्त एक एआइजीमा बढुवा हुने व्यक्ति २०८४ साल चैत १७ पछि संगठन प्रमुख बन्ने बलियो आधार हुने भएकाले पनि यो बढुवा निकै पेचिलो बनेको छ । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि अहिले एआइजी रहेका नारायणदत्त पौडेल, वंशी दाहालमध्येबाट एकजना आईजी बन्ने अवस्था आउँछ । बढुवाको मूख्य दावेदार रहेका गिरीलाई अन्य प्रतिस्पर्धीको तुलनामा पेशागत मर्यादा र उच्च मनोबल भएका तथा कार्यसम्पादनमा अब्बल रहेका प्रहरी अधिकृत मानिन्छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।

उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्करी खुलाएको गम्भीर आरोप छ । सो बाहिनीको बाहिनीपति हुँदा उनी र विवाद भन्ने शव्द पर्याय नै बनेको थियो । उनी त्यहाँको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी०मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई० सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते