होमपेज > वडाध्यक्ष कर्मचारी र व्यवसायी कुटेको अभियोगमा पक्राउ

वडाध्यक्ष कर्मचारी र व्यवसायी कुटेको अभियोगमा पक्राउ

बिज्ञापन
बिज्ञापन

पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन्। कर्मचारी र व्यवसायी कुटेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराको ढिकीडाँडाबाट पक्राउ गरेको हो।

बिज्ञापन

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले पक्राउ परेका पराजुलीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान हुने बताए।पराजुलीले मंगलबार दिउँसो पोखरा महमानगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पोखरेल र पोखराको चिप्लेढुंगाका व्यवसायी लेखनाथ सुवेदीमाथि कुटपिट गरेको आरोप छ। सुवेदीले मंगलबार नै उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। कर्मचारीमाथि हातपात भएपछि पोखरा महानगरका कर्मचारीहरु आन्दोलित बनेका थिए।

बिज्ञापन

उनीहरुले बुधबार केही समय काम गरेपछि कार्यालय छोडेर बाहिरिएका थिए। मंगलबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका वडाध्यक्ष पराजुलीले पोखरेलमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको आरोप छ। तालिममा कर्मचारी पठाउने विषयमा सल्लाह नगरेको भन्दै वडाध्यक्षले आक्रोशित भएर दुव्र्यवहार गरेको पोखरेलको गुनासो छ। वडाध्यक्षले घटनाका बेला मादक पदार्थ सेवन गरेको आरोप पोखरेलले लगाए।

यो घटनालाई लिएर स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्तरुपमा विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते