होमपेज > नेपालमा पहिलो पटक स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदै

नेपालमा पहिलो पटक स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदै

बिज्ञापन
बिज्ञापन

नेपालको हवाई क्षेत्रको इतिहासमै पहिलो पटक ‘स्काईवेल पाइलट समिट २०२५’ आयोजना हुने भएको छ ।

बिज्ञापन

विभिन्न वायुसेवा कम्पनीहरूमा कार्यरत नेपाली पाइलटहरूलाई एउटै छानामुनि संगठित गर्दै पाइलट एसोसिएसन अफ नेपालको स्थापनापछि, आगामी शनिबार काठमाडौंको मल्ल होटलमा यो समिट हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहने उक्त समिटमा नेपालका पाइलटहरूको सहभागिता रहनेछ । समिटको टाइटल स्पोन्सरको रूपमा स्काईवेल नेपालमा भर्खरै भित्रिएको, युरोपियन स्ट्यान्डर्डअनुसारको पहिलो इलेक्ट्रिक एसयूभीले साथ दिएको छ ।

बिज्ञापन

टाइटल स्पोन्सर सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलटजस्तो संवेदनशील पेशासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै भने, ‘पाइलट र स्काईवेल दुवै यात्रुको सुरक्षामा उच्चतम मापदण्ड अपनाउने साझा उद्देश्यमा आधारित छन् ।’

स्काईवेल चीनमा निर्मित, ६५ भन्दा बढी देशमा निर्यात हुने, इयु-प्रमाणित इलेक्ट्रिक भेइकल हो, जसले चाइना एनक्याप फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरिसकेको छ । सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोखरेलले स्काईवेलको विश्वास र तत्परताप्रति आभार व्यक्त गर्दै भने, ‘सुरक्षा र व्यवसायिकतामा दुई प्रतिबद्ध संस्थाबीचको यो सहकार्य नेपालको हवाई क्षेत्रमा प्रेरणादायी बन्नेछ ।’

बिज्ञापन

समिटको अवसर पारेर पाइलट एसोसिएसन अफ नेपालको औपचारिक शुभारम्भ घोषणा गरिनेछ । साथै, सन् २०२५ भर आयोजना गरिने जनचेतनामूलक कार्यक्रमहरूको वार्षिक कार्यतालिका (क्यालेन्डर) समेत सार्वजनिक गरिने बताइएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते