होमपेज > आज राति देशभर वर्षाको सम्भावना

आज राति देशभर वर्षाको सम्भावना

बिज्ञापन
बिज्ञापन

अहिले (शुक्रबार साँझ) पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ।

बिज्ञापन

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका सातै प्रदेशमा वर्षा हुने सम्भावना छ। महाशाखाको प्रक्षेपणअनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति मधेस प्रदेशका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

बिज्ञापन

महाशाखाका अनुसार राति बागमती प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थान र तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैगरी आज राति गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै तराई क्षेत्रका पनि एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले दिएको जानकारी अनुसार राति लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थान र तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

बिज्ञापन

यसैगरी राति सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी र दुवै क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते