अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिज्ञापन
मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
बिज्ञापन
बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो । चालक मात्रै भएको जिप सडक देखि ४सय मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








