हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
बिज्ञापन
मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ।
बिज्ञापन
सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भू(भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।








