होमपेज > सगरमाथा क्षेत्रमा हुने सबै उडान स्थगित

सगरमाथा क्षेत्रमा हुने सबै उडान स्थगित

बिज्ञापन
बिज्ञापन

हेलिकप्टर कम्पनीहरूले आइतबारदेखि सगरमाथा क्षेत्रमा हुने सबै उडान स्थगित गर्ने निर्णय गरेका छन्। वायुसेवा सञ्चालक संघ नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षाको पूर्ण प्रत्याभूमि नभएसम्म हेलिकप्टरहरूले सगरमाथा क्षेत्रमा उडान नगर्ने जनाएको हो।

बिज्ञापन

केही दिनअघि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका र अन्य स्थानीय युवा समूह तथा संघसंस्थाले पुस १७ गते ९जनवरी १० देखि व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेका थिए। वन, वातावरण, वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा हेलिकप्टरको व्यावसायिक उडानमा रोक लगाइएको हो। पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि भने हेलिकप्टर उडानमा रोक लगाइएको छैन।

बिज्ञापन

वायुसेवा सञ्चालक संघले भने यी उडान पनि नगर्ने जनाएको हो। संघले पटकपटकको वार्ता गर्दा पनि निक्र्योलमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा झण्डा गाडेर अवरोध गरेको जनाएको छ। कथमकदाचित आपतकालीन अवतरण गर्नुपर्ने अवस्थामा सिर्जना भएको खण्डमा समेत अवतरण गर्ने स्थान नरहेको, हेलिकप्टर अवतरण गरेको खण्डमा स्थानीय समूहले चालक दलका सदस्यहरूलाई समातेर कारबाही गर्ने भन्ने जस्ता अभियव्यक्ति दिएको भन्दै संघले सुरक्षाको प्रत्याभूति नभएसम्म उडान स्थगन गरेको जनाएको छ। त्यस्तै सो क्षेत्रमा उडान भर्ने सर्ट टेकअफ एण्ड ल्यान्डिङ (स्टोल) अर्थात् लुक्लामा उडान गर्ने जहाजले पनि क्रमश आफ्ना उडानहरू स्थगन गर्ने पनि संघले चेतावनी दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते