होमपेज > सार्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष रोकायसहित ५ जना भ्रष्टाचार दोषी ठहर

सार्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष रोकायसहित ५ जना भ्रष्टाचार दोषी ठहर

बिज्ञापन
बिज्ञापन

हुम्लाको सार्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायसमेत ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। पूर्व

बिज्ञापन

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले ५ जनालाई दोषी ठहर गर्दै बाँकी ४ जनालाई भने सफाइ दिएको छ। गाउँपालिका उपाध्यक्ष जोशी धामी, लेखापाल पूर्णप्रसाद आचार्य, इन्जिनियर रामराज शाही र सबओभरसियर पदमबहादुर धामीले सफाइ पाएका छन्।

बिज्ञापन

अध्यक्ष रोकाय कोइलिङ कृषि तथा पशुपालन फर्मका सञ्चालकसमेत हुन्। उनलाई र प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीलाई २ वर्ष कैद र ९ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। हंश रोकाय, सेतु रोकाय र तुलाराज रोकायले मतियारको काम गरेको भन्दै मुख्य प्रतिवादीभन्दा आधा सजाय सुनाइएको छ। उनीहरूलाई जनही १ वर्ष कैद र ४ लाख ८७ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

गाउँपालिका अध्यक्ष रोकाय आफू निर्णयकर्ताका रूपमा सार्वजनिक पदमा रहँदा २०७६ देखि ०७८ को बीचमा आफ्नै निजी जग्गामा रहेको आफैँले सञ्चालन गरेको कृषि फर्मको घेरबार निर्माणका लागि बजेट छुट्याएको अभियोगमा दोषी किटान भएका हुन्। उनले बजेट दुरूपयोग गर्न आफ्नै परिवारका सदस्यहरूलाई उपभोक्ता समितिमा राखेको पाइएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते