होमपेज > प्रेमिले गरे आफ्नै प्रेमिकाको हत्या

प्रेमिले गरे आफ्नै प्रेमिकाको हत्या

बिज्ञापन
बिज्ञापन

धनुषाका एक युवकले साथीसँग मिलेर आफ्नै प्रेमिकाको हत्या गरेका छन्। विवाह गर्न दवाव दिएको भन्दै धनुषा जनकनन्दनी गाउँपालिका–३ का २२ वर्षीय रामललित मण्डल खत्वेले आफ्ना साथी ज्ञानेन्द्र दास र रमेश कुमार मण्डलसँग मिलेर सोही गाउँपालिका– ५ की प्रेमिका रेखाकुमारी मण्डलको हत्या गरेका हुन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेका हुन्। रामललित र रेखाबीच पछिल्लो ५/६ वर्षदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ। तर रेखाका अभिभावकले दुवैको प्रेम सम्बन्धलाई अस्वीकार गरेको खुल्न आएको छ।

बिज्ञापन

यता रेखाले भागेर विवाह गर्न रामललितलाई दबाब दिइरहेकी थिइन्। तर रामललितले आफूले जागिर पाएपछि मात्रै विवाह गर्न सकिने भनेपछि उनीहरुबीच विवाद बढेको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन्। पछि रामललितले आफ्ना दुई साथीसँग मिलेर रेखाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए। प्रहरीले रामललितसँगै उनका साथीहरू धनुषा शहीदनगर नगरपालिका–८ नाथपट्टीका रमेशकुमार मण्डल र जनकनन्दनी गाउँपालिका–३ का ज्ञानेन्द्र दासलाई पक्राउ गरी कर्तव्य जान मुद्दामा अनुधान भइरहेको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते